काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर २६०१ बिन्दुमा पुगेर बन्द भएको हो ।

सोमबार ३ सय २९ कम्पनीको ७७ लाख ५७ हजार ६ सय २५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७ सय ७० रुपैयाँ बरबरको कारोबार भएको छ ।

ADVERTISEMENT

सोमबार १५५ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार सबै उपसूचकहरु बढेको छ भने छ ।  १३ वटा सूचकमध्य ५ सूचकहरु घटेको छ भने फाइनान्स इन्डेक्स सबैभन्दा धेरै बढेको छ ।

ADVERTISEMENT

सोमबार ङादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १४ करोड २५ लाख बढी कारोबार हुँदा प्रतिकित्ता सेयर मूल्य ३ सय ९९ रुपैयाँ पुगेको छ ।

साथै, सोमबार स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमस्टार उर्जाको सेयर मूल्य ६.९५ प्रतिशत ले घटेको छ ।