काठमाडौँ। केपी ओलीको प्यानलबाट सचिवमा नाम चयन भैसकेका लेखराज भट्टले आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनि माओवादी एमाले एकीकरणका बेला देखि एमालेभित्र केपी ओली कित्तामा उभिदै आएका छन्।
एमालेमा नौ जना निर्वाचित सचिव पदका लागि निर्वाचित हुने प्राबधान छ जसका लागि यस अघि शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की, महेश बस्नेत, पद्मा अर्याल, खगराज अधिकारी, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागि सकेको थियो । भट्टको घोषणा संगै अब अर्को सचिबको उम्मेदवारको खोजि हुदै गरेको स्रोतले जनाएको छ।






