काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले पुर २१ गते चौथो वार्षिक साधारण सभा बोलाएकाे छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा मानसरोवर पार्टी प्यालेस पुरानो बानेश्वरमा दिउँसो १ बजे वार्षिक साधारणसभा आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रवितेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारित गर्नेछ।

ADVERTISEMENT

सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकमा ५ जना संस्थापक सेयरधनी निर्वाचन गर्ने, सञ्चालक समितिले गरेका काम कारबाही अनुमोदन, सञ्चालकको भत्ता र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्नेछ।

ADVERTISEMENT

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT