काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश प्रस्ताव पारितको लागि साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार पुस २३ गते बुधबार कम्पनीको आफ्नै बटम स्टेशन परिसर काठमाडौं थानकोटमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव पारित गर्नेछ।

सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने, प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा अनुमोदन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

ADVERTISEMENT

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

ADVERTISEMENT

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश पाउनेछन् ।

ADVERTISEMENT