काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव पारितको लाथि ३०औं साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान १० बजे बस्ने आव्हान गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल काय चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले गत आवको प्रतिवेदत र वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

ADVERTISEMENT

सभाले सञ्चालकको बैठक भत्ता बढाउने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

ADVERTISEMENT

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार नेप्सेमा पुस ८ गतेसम्म कायम सेयरधनीले मात्रै सो सभामा भाग लिन र लाभांश पाउन सक्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT