काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा बुधबार दिउँसो ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।
आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
काठमाडौं गोर्खाजले पाँच खेल जित र दुईमा हार बेहोरेको थियो । लुम्बिनीले चार खेलमा जित र तीन खेलमा हार बेहोरेर क्यालिफायरको यात्रा गरेका थिए ।








