काठमाडौ। फाइनान्स कम्पनीहरुको वित्तीय अवस्थामा सुधार देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरु मध्येमा हालसम्म १४ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा ११ वटा फाईनान्स कम्पनीहरुले नाफा कमाउँदा तीन वटा फाईनान्स कम्पनीहरुको नाफा ऋणात्मक देखिएको छ ।
गत आवको सोही अवधिमा १४ मध्ये पाँच वटाको नाफा ऋणात्मक देखिएको थियो । सोही आधारमा पछिल्लो समय नाफा कमाउने फाईनान्स कम्पनीहरुको संख्या बढ्नुले पनि वित्तीय अवस्थामा केही सुधार देखिएको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा मञ्जुश्री फाईनान्सले कमाएको छ भने गोर्खाज र आईसीएफसी फाईनान्स खुद मुनाफा आर्जनमा दोस्रो र तेस्रो स्थानमा परेका छन् । सो अनुसार मञ्जुश्रीले पछिल्लो अवधिमा २१ करोड ८९ लाख १० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा गोर्खाज र आईसीएफसीले क्रमशः १२ करोड ९४ लाख ७४ हजार र १० करोड ३१ लाख २२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
यस अवधिमा यि फाईनान्सहरुमा क्रमशः तीन दशमलव ९९, चार दशमलव २८ र दुई दशमलव ६८ प्रतिशत निष्क्रिय कर्जा (एनपिएल) रहेको छ । गत आवको सोही अवधिमा यि तीन वटा फाईनान्स कम्पनीहरुले मध्येमा मञ्जुश्री र आईसीएफसीले क्रमशः १७ करोड ११ लाख १९ हजार र १९ करोड ५० लाख ९३ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा गोर्खाजले चार करोड २१ लाख ८२ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो । उक्त अवधिमा यि फाईनान्सहरुमा क्रमशः चार दशमलव २०, दुई दशमलव शुन्य पाँच र चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
चालु आवको तेस्रो त्रैमासिक अवधिमा गुडविल, बेष्ट र गुह्येश्वरी मर्चेन्ट फाईनान्सले पनि क्रमशः १० करोड १३ लाख ३६ हजार, पाँच करोड ८७ लाख ५५ हजार र चार करोड ५५ लाख ६७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः नौं दशमलव ८६, १३ दशमलव शुन्य आठ र छ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा गुडविल र गुह्येश्वरीले क्रमशः एक करोड ५२ लाख २२ हजार र तीन करोड २४ लाख ९२ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा बेष्टले सात करोड ५२ लाख एक हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । उक्त अवधिमा यि फाईनान्सहरुमा क्रमशः आठ दशमलव शुन्य सात, छ दशमलव ९३ र ११ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
रिलायन्स, सेन्ट्रल र श्री इन्भेष्टमेन्टले पनि चालु आवको पछिल्लो अवधिमा क्रमशः तीन करोड ७९ लाख एक हजार, तीन करोड ६९ लाख ३६ हजार र दुई करोड ५३ लाख ६० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव ५८, १४ दशमलव १७ र चार दशमलव शुन्य दुई प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा रिलायन्सले नौं करोड चार लाख ४१ हजार रुपैंयाँ खुद नोक्सानी बेहोर्दा सेन्ट्रल र श्री इन्भेष्टमेन्टले क्रमशः एक करोड ६९ लाख ७७ हजार र चार करोड ९१ लाख सात हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए ।
उक्त अवधिमा यि फाईनान्सहरुमा क्रमशः सात दशमलव १५, १२ दशमलव शुन्य एक र तीन दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । मल्टीपर्पस र समृद्धि फाईनान्सले पनि चालु आवको पछिल्लो नौं महिनामा क्रमशः ५३ लाख २३ हजार र सात लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः सात दशमलव ४४ र आठ दशमलव शुन्य नौं प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि मल्टीपर्पसले दुई करोड १६ लाख ४७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा समृद्धिले तीन करोड ५७ लाख पाँच हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो भने क्रमशः पाँच दशमलव ४६ र १६ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा नेपाल फाईनान्स, जानकी र प्रोग्रेसिभ फाईनान्सले भने क्रमशः सात करोड ८६ लाख २५ हजार, दुई करोड ९० लाख ८९ हजार र दुई करोड ४७ लाख ४३ हजार रुपैैंयाँ खुद नोक्सानी बेहोरेका छन् । यस अवधिमा यि फाईनान्सहरुमा क्रमशः चार दशमलव ३१, ५९ दशमलव १२ र पाँच दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा नेपाल र प्रोग्रेसिभले क्रमशः १७ लाख र नौं करोड चार लाख ४१ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव १५, सात दशमलव १५ र ४४ दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
चालु आवको तेस्रो त्रैमासमा फाईनान्स कम्पनीहरुको नाफा र निष्क्रिय कर्जा (रकम रु हजारमा, निष्क्रिय कर्जा प्रतिशतमा)

(श्रोतः सम्वन्धीत फाईनान्सको अपरिष्कृत वित्तीय विवरण)








