काठमाडौं, अर्थमन्त्रालयमा उपत्यकाको समन्वित विकासका लागि अर्थ मन्त्रि ,उर्जा मन्त्रि ,वित्त, शहरी विकास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरु, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, उपमेयर, उच्च अधिकारीहरू तथा वरिष्ठ पदाधिकारीबीच उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
बैठकमा उपत्यकाको समग्र पूर्वाधार योजना, फोहोर व्यवस्थापनको दिगोपना, संघ, प्रदेश तथा स्थानीय तहका साझा/एकीकृत अधिकारहरू, साथै राजस्व संकलन र वितरण जस्ता महत्वपूर्ण विषयमा छलफल भएको थियो।

साथै, सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णयअनुसार, राजस्व कार्यालयलाई निर्देश दिइएको छ कि श्रेस्ता अभिलेखहरू स्थानीय तहमा हस्तान्तरण गर्न आवश्यक कार्यवाहीको लागि सूचना जारी गरोस्।
उपत्यकाको दिगो, समावेशी र सुव्यवस्थित विकास सुनिश्चित गर्न उच्चस्तरीय समन्वय र साझा पहल आवश्यक रहेको अधिकारीहरूले बताएका छन्।







