काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह हुने कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले आज (सोमबार) चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै लघुवित्तबाट प्रभाव हुने कर्जा बढाएर १५ लाख कायम गरेको हो ।
यसअघि लघुवित्त संस्थाहरुले अधिकतम ७ करोड रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गर्न पाउँने व्यवस्था थियो ।
त्यस्तै, पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षाले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।







