काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा पुगेर बन्द भएको हो ।

आइतबार ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९ सय २६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९ सय १६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार एनआरएन इन्फ्राष्ट्रक्चार डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६५ करोड ६० लाख रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ९ सय ७० रुपैयाँ पुगेको छ ।

आइतबार २ सय ३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्म्क सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ७.६५ प्रतिशतले घटेको छ ।