काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको निवास बिक्री गरिएको भन्ने चर्चा असत्य रहेको उनको सचिवालयले स्पष्ट पारेको छ। पछिल्ला दिनमा विभिन्न माध्यममा आएको समाचारप्रति आपत्ति जनाउँदै सचिवालयले त्यस्ता सूचनाले भ्रम फैलाएको जनाएको हो।

देउवाका स्वकीय सचिव भानु देउवाले निवास वा सम्बन्धित जग्गा बिक्री गरिएको वा गर्ने कुनै योजना नरहेको स्पष्ट गरे। उनका अनुसार आगलागीका कारण क्षति पुगेको भवन अहिले पुनर्निर्माणको प्रक्रियामा रहेको छ।सचिवालयले केही सञ्चारमाध्यमले आधिकारिक जानकारी नलिई समाचार प्रकाशन गर्दा गलत सन्देश प्रवाह भएको गुनासो पनि गरेको छ। तथ्य पुष्टि नगरी प्रकाशित सामग्रीले जनमानसमा भ्रम सिर्जना गरेको उनीहरूको भनाइ छ।

ADVERTISEMENT

यसैबीच, निर्माण व्यवसायी विकास गौतमले उक्त सम्पत्ति खरिद गर्न लागेको भन्ने चर्चा पनि चल्दै आएको थियो। तर सचिवालयले त्यस्ता दाबीहरू निराधार भएको पुनः दोहोर्‍याएको छ।सचिवालयको स्पष्टिकरणसँगै देउवा निवास बिक्रीसम्बन्धी फैलिएका हल्ला निराधार भएको प्रस्टाएको छ।

ADVERTISEMENT