काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ अंकमा सीमित भएको छ ।
बिहीबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन बजार घट्दा पनि कारोबार रकम बढेको थियो । तर आइतबार ३२१ कम्पनीको एक करोड ४८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब बराबरको कारोबार भएको छ । आज २२८ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ कम्पनीको बढेको छ ।
आइतबार सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको ४५ करोड बराबरको कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, हिमालयन डिस्टिलरीको २६ करोड, नेपाल रिपब्लिक मिडियाको २१ करोड र पिपुल्स पावर लिमिटेडको १८ करोड बराबरको कारोबार भएको छ ।








