काठमाडौँ । नेपाली कांग्रेसका सभापति  शेर बहादुर देउवाको आगमन सङै नेपाली काग्रेसमा अधिवेशनलाई लिएर ठुलै हलचल हुने अनुमान केन्द्रिय सदस्यहरुले गरेका छन् ।
विशेष गरेर दुई महामन्त्री गगन थापा र बिश्व प्रकाश शर्मा लाई धेरै अपठ्यारो हुने सम्भावना देखिन्छ ।

भाद्र २३ र २४ गते भएको आन्दोलनको क्रममा घाइते भएर थप उपचारको लागि सिंगापुर गएका  कांग्रेस सभापति शेरबहादुर देउवा तथा पत्नी आर्रजु राणा देउवा १८ दिनको उपचार पश्चात् सिंगापुर एयरलाइन्सको जाहाजबाट शुक्रबार फर्किएका छन ।
डा. प्रकाशसरण महत लगायतका नेता उनलाई स्वागत गर्न एयरपोर्ट पुगेका थिए

ADVERTISEMENT

कार्तिक १० गते उपचारका लागि सिंगापुर गाएका देउवा दम्पति १८ दिन पछि स्वदेश फर्केका हुन् ।