काठमाडौं । साताको चौथो दिन अर्थात कात्तिक २६ गते सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको छ ।