काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव ०८१/०८२ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत नगद लाभांश (करसहित) घाेषणा गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती प्राप्त पश्चात आगामी वार्षिक साधारण सभामा प्रस्ताव पारित गरि सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।







