काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन ।

प्रतिनिधिसभाका सभामुख–उसभामुख, राष्ट्रियसभाका अध्यक्ष–उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख–उपसभामुखसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले नागरिकको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवन पद्धति बनाउन सके लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुने जीकिरगरे।

राष्ट्रपति पौडेलले बताए । युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत बनाउन सकिने बताए ।

आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनाव सफलतापूवर्क सम्पन्न गर्नु सबैको साझा दायित्व भएको उनले उल्लेख गरे ।