काठमाडौं । जेन–जी आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सञ्चालन भएको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ।
विभागका अनुसार एकान्तकुना, राधेराधे, चाबहिल र सानो भर्याङबाट हाललाई विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता आंशिक रुपमा सुचारु गरिएको हो। विभागले नयाँ प्रविधिमा आधारित भएर सवारी दर्ता तथा नवीकरण र इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवाबारे भने निर्णय गरेको छैन।
आगामी दिनमा क्रमशः अन्य कार्यालयबाट पनि सेवा विस्तार गरिने विभागले जनाएको छ । कार्यालयअरु नयाँ लाइसेन्सको आवेदन खुलाउन पनि लगभग तयार भएका छन्। तर, विभागको सर्भर नचल्दा उनीहरुले सेवा पूर्णरुपमा सुचारु गर्न पाइरहेका छैनन्।
यातायात व्यवस्था विभागले आइतबारदेखि आंशिक सर्भर सञ्चालन भएको जनाएको छ । एकान्तकुना कार्यालयका प्रमुख केशवकुमार जिएमका अनुसार नयाँ लाइसेन्स सेवा सुरु गर्न विभागबाटै केही दिन समय लाग्ने, तर आंशिक सेवा सुरु गरिसकेको बताए।
कार्यालयले चाबहिलका सूचना अधिकारी गिरिजाप्रसाद रिजालका अनुसार चाबहिलस्थित कार्यालय पूर्णरुपमा ध्वस्त छ। दक्षिणकोकास्थित ट्रायल सेन्टरको परीक्षा हल रहेको भवनबाटै सेवा दिनेगरी व्यवस्था मिलाइनेछ। उनका अनुसार आजै साँझ वा भोलिदेखि सेवा दिने तयारी भएको छ ।






