काठमाडौं । यदि ड्राइभिङ लाइसेन्स अझै छापिएको छैन ? तुरुन्तै चेक गर्नुहोस्, त्यो लाइसेन्सको म्याद कति बाँकी छ ?

यदि तपाईंको लाइसेन्सको म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी छ भने, अब त्यसको कार्ड छापिने छैन । यातायात व्यवस्था विभागले यस्तो लाइसेन्स नछाप्ने निर्णय गरेको छ ।
सेवाग्राहींले आफ्नो पायक पर्ने यातायात कार्यालयमा गएर लाइसेन्स नवीकरण गर्न सक्नुहुन्छ । नवीकरण गरेपछि तपाईंले एकैपटक १० वर्षको नयाँ लाइसेन्स पाइनेछ ।

ADVERTISEMENT

विभागका अनुसार विगत चार वर्षदेखि छपाइ मेसिन, सफ्टवेयर र जनशक्ति व्यवस्थापनलगायतका समस्याका कारण लाखौं लाइसेन्स छापिन बाँकी थिए । अहिले भने २७ लाखभन्दा बढी लाइसेन्स छापेर सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको छ।

अब लाइसेन्ससम्बन्धी धेरै सेवा सहज बन्दै गएका छन् । राजस्व अनलाइनबाट तिर्न सकिने, विवरणगत त्रुटि सच्याउन सकिने र वैदेशिक रोजगारीका लागि इमरजेन्सी लाइसेन्ससमेत सम्बन्धित कार्यालयबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

ADVERTISEMENT

यदि लाइसेन्सको म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी छ भने कार्ड छापिने प्रतीक्षामा बस्नुभन्दा सिधै नवीकरण गर्नु नै उपयुक्त हुन्छ । नवीकरण गरेपछि एकैपटक १० वर्षको नयाँ लाइसेन्स पनि पाइने छ ।