काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा त्रिपक्षीय छलफल चलिरहेको छ । चुनावको वातावरण बनाउन आन्दोलनकारी, सरकार र दलबीच पहिलोपटक छलफल भइरहेको हो । छलफलमा राजनीतिक दलबाट १५ जना र जेनजी समूहबाट १३ जना प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, बैठकमा जेन–जी अगुवाहरु मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, समना लावती, सागर ढकाल, खेमराज साउद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डङ्गोल, अमित खनाल र रिजन राना मगर सहभागी रहेका छन् ।

ADVERTISEMENT

यस्तै दलहरुका तर्फबाट नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत, नेकपा एमालेबाट महेश वर्तौला र क्षितिज थेबे, माओवादीबाट नारायणकाजी श्रेष्ठ र वर्षामान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट स्वर्णिम वाग्ले र निशा डाँगी सहभागी हुनुहुन्छ ।

सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित हुनुुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गतेका लागि निर्धारित चुनावको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउने लगायतका विषय छलफल भइरहेको छ ।

ADVERTISEMENT

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा चुनावको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने कुरामा दलहरु सकरात्मक भएका थिए ।