काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्। काठमाडौं महानगरपालिका–१० स्थित आफ्नै डेरामा ४५ वर्षीय अश्विन राउतले शरीरमा आगो लगाएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार राउतको आफ्नै छोरासँग विवाद भएपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए।

ADVERTISEMENT

गम्भीर घाइते राउतलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ र हाल उपचार जारी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

ADVERTISEMENT