काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने उपर कडा कारबाही गर्ने प्रतिवद्धता जनाएकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवा विद्यार्थीले अनाहकमा ज्यान गुमाएको भन्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएकी हुन्।

ADVERTISEMENT

‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ सम्बोधनका क्रममा उनले भनिन्।

उनले फागुन २१ गतेभित्र चुनाव गर्नको आवश्यक तयारी थालिसकेको बताइन् ।

ADVERTISEMENT