काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।

प्रहरीका अनुसार शवलाई बिहीबार राति नै पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको हो। मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपाली काठमाडौंमा राइड–सेयरिङ सेवा मार्फत परिवारको जीविकोपार्जन गर्दै आएका थिए।

महानगर प्रहरीद्वारा सवारीसाधनमा ‘ह्विल लक’ गर्ने क्रममा उत्पन्न तनावपछि उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए।

ADVERTISEMENT

गम्भीर घाइते भएका नेपालीलाई तत्काल वीर अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT