काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा एकाएक सकारात्मक सर्किट लागेपछि केही समयका लागि कारोबार रोकिएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा हटाएपछि बिहीबार त्यसको शीघ्र असर देखिएको हो।
लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा केन्द्रीय बैंकले हटाएसँगै बजारमा उत्साह देखिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहान ११ः०३ बजेसम्ममा बजार ४ प्रतिशतले बढेर २,६६२ अंकमा पुगेपछि सर्किट ब्रेकर लागेको हो। अर्थात् बजार एकैपटक धेरै बढेपछि नेप्सेले स्वचालित रूपमा १५ मिनेटका लागि कारोबार रोक्ने (मार्केट हल्ट) निर्णय गरेको हो।
बजार खुल्दा पाँच लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा करिब २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
अब सेयर कारोबार ११ः२३ मिनेटमा पुनः खुल्ने। सोपश्चात थप १ प्रतिशत बढेमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित हुनेछ।





