काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । दसैँ बिदापछि मंगलबार ५८ अंकले घटेको नेप्से परिसूचक कारोबारको चौथो दिन बुधबार ४५ अंकले गिरावट आएको छ ।
दसैँ बिदाअघिको अन्तिम कारोबार १२ गते ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा उक्लिएको बजार अहिले लगातार घटेको हो। नेपाल स्टक एक्सेचेन्ज (नेप्से) परिसूचक बुधबार ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा झरेको छ।
आज १८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। २३२ कम्पनीको सेयर मूल्य घटेको छ। नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले आफ्नो गति समात्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्।





