काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको विभागले जनाएको छ ।

ADVERTISEMENT

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

दसैँका बेला एक्कासि मनसुन सक्रिय हुँदा ठूला धनजनको क्षति भएको छ । खासगरी, कोशी, मधेश र बागमती प्रदेशमा धेरै भौतिक संरचनामा क्षति पुगेको छ । तर, कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने मौसम सफा नै रह्यो । तीन प्रदेशमा भीषण वर्षा हुँदा पश्चिम नेपालमा टन्टलापुर घाम लागेको थियो ।

ADVERTISEMENT

प्राकृतिक विपदमा परी हालसम्म ५० जनाले ज्यान गुमाएका छन् । अझै सातजना बेपत्ता भएका छन् ।