काठमाडौ ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहरण गर्दैछिन् । आज बिहान ११ बजेको समयमा उनले सिंहदरबार पदभार ग्रहण गर्नेछिन् ।
जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए ।
प्रधानमन्त्री कार्किले पदभार ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् ।
प्रधानमन्त्री कार्मीले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी भइरहेको बताइएको छ ।




