काठमाडौँ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अनौपचारिक भेट गरेका छन् ।
भेटका क्रममा मेयर शाहले आन्दोलनमार्फत जेनजीहरूले उठाएका माग र जनताका अपेक्षाअनुरूप काम हुनुपर्ने धारणा व्यक्त गरेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले जेनजीको मागप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै निर्वाचन र सुशासनमा केन्द्रित भएर सरकार अघि बढ्ने स्पष्ट पारिन् ।
शितल निवासमा सम्पन्न भएको प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा मेयर शाह अनुपस्थित रहेका थिए । आन्दोलनपछि सार्वजनिक जीवनमा प्रत्यक्ष रूपमा नदेखिएका शाहको यसपटकको प्रधानमन्त्रीसँगको भेटलाई विशेष महत्त्वका साथ हेरिएको छ ।








