काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै कीर्तिमान मूल्य हो ।

त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला २० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।