काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । आसन्न चाडपर्व र देशको अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन(आइओसीले)ले सोमबार पठाएको मूल्य अनुसार पेट्रोल लिटरमा दुुई रुपैयाँ २९ पैसा र डिजेल ३ रुपैयाँ ४६ पैसा बढेर आएको थियो । तर आसन्न चाडपर्वको अवसर र देशको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
एक वर्षदेखि स्वचालित मूल्य लागु गदै आएको निगमले यसपटक उपभोक्तालाई ध्यानमा राखेर कार्यान्वयन गरेन ।
स्वचालित मूल्य प्रणाली अनुसार अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुुन्छ । बजारमा पेट्रोल लिटरमा १६१ रुपैया, डिजेल लिटरमा १४५ र र हवाई इन्धन लिटरमा १२७ रुपैया मूल्य रहेको छ ।
खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ९१० रुपैया मूल्य रहेको छ ।









