काठमाडौं । तिनकुने कोटेश्वोरमा दुई जना व्यक्ति एउटै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घटनाबारे विस्तृत विवरण अहिले सम्म प्राप्त भएको छैन ।

घटना कहिले र कसरी भएको भन्ने विषयमा स्पष्ट जानकारी आउन बाँकी छ । तर स्थानीयको जानकारीपछि बानेश्वर वृत्तका प्रहरी घटनास्थलमा पुगेका छन् र आवश्यक मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ ।