काठमाडौं । आन्दोलनकारीले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज कलंकीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका छन् ।

लुटेराहरुले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै लुटेर लगेका छन् । यसैगरी भाटभटेनीभित्रै रहेको हिमालयन र एनआईसी एशिया बैंकको एटिएम तोडफोड गरेका छन् ।

अहिलेसम्म कोटेश्वर, महाराजगञ्ज र बौद्धको भाटभटेनी पूर्ण रुपमा खरानी भइसकेको छ । एउटा वेयर हाउस पनि नष्ट भएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT