काठमाडौं, नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा आगजनी भएको छ। आक्रोसित प्रदर्शनका क्रममा युवाहरुले तोडफोड गर्दै सुपरमार्केटमा आगो लगाइदिएका हुन्।

प्रत्यक्षदर्शीका अनुसार, “जेन जी ” पुस्ताले भाटभटेनीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेको व्यक्तिको व्यवसाय भन्दै निशाना बनाएका थिए। उनीहरूले “राजनीतिक संरक्षण र एकाधिकार” को आरोप लगाउँदै आक्रोश व्यक्त गरेका हुन्।

भाटभटेनी सुपरमार्केटमा  घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी भए पनि भवन र सामग्रीमा ठूलो मात्रामा क्षति पुगेको अनुमान गरिएको छ।

 

ADVERTISEMENT