काठमाडौँ। डिल्लीबजार कारागारमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । कैदीबन्दीहरुले आफूहरुलाई पनि बाहिर निस्कन दिनुपर्ने माग गर्दै आगजनी र तोडफोड गरेका छन् । आगोले कारागार परिसर जलेको छ भने कैदीबन्दीहरुलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि सेनाले कारागारको स्थितिलाइ नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT