काठमाडौैं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टाेली पुगेको छ । बिहीबार दिउँसो लैनचौरस्थित एनसेलको मुख्यालयमा सीआईबी पुगेकाे हाे ।

सीआईबीका अनुसार एनसेल र स्मार्ट सेलवीच भएको कारोबारवारे अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र नेपाल दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलसँग कुराकानी गरेकाे बताइएकाे छ ।

ADVERTISEMENT

स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेलसँग सीआईबीले साेधपुछ गरेको बताइएकाे छ ।

स्मार्ट टेलिकम प्रकरणमा इन्भेस्टमेन्ट मेगा बैंकका सीइओ ज्याेतिप्रकाश पाण्डे सीआइबी हिरासतमा छन् । पाण्डेको हकमा समग्र धितो र ऋण असुली प्रक्रियाकै व्याख्या हुनेगरी भोलि सर्वोच्च अदालतबाट आदेश आउने सम्भावना देखिएको छ ।

श्रीमती निरु दाहालले दायर गरेको बन्दी प्रत्यक्षिकरणको रिटउपर आज भएको सुनुवाइपश्चात न्यायाधीश अब्दुलअजिज मुसलमानको इजलासले पाण्डे पक्राउ पर्दा खडा गरिएको फाइलसहित भोलि बिहान ११ बजे थुनुवालाई पेश गर्न र दोहोरो सुनुवाइबाट अन्तरिम आदेशको निर्क्यौल हुन आदेश दिएको छ ।