काठमाडौं,  हिजोको जेनजी आन्दोलनमा सरकारी दमनपछि आज बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा स्वतःस्फूर्त प्रदर्शन सुरु भएका छन्। नयाँ बानेश्वर, जोरपाटी, कलंकी लगायत क्षेत्रमा ठूलो संख्यामा नागरिक सडकमा उत्रिएका छन्।

सुरक्षाकर्मीले नियन्त्रणमा लिन पटक–पटक अश्रुग्याँस र बल प्रयोग गरे पनि प्रदर्शन अझ चर्किँदै गएको छ। सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यू आदेश जारी गरेको भए पनि आन्दोलनकारीहरूले त्यसको बेवास्ता गर्दै सडकमा नारा–जुलुस गरिरहेका छन्।

ADVERTISEMENT

आन्दोलनकारीहरूले भ्रष्टाचार, सत्ताको दमन र सामाजिक सञ्जालमाथिको रोकप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। काठमाडौंका विभिन्न भागमा प्रहरी र प्रदर्शनकारीबीच धक्का–मुक्की, अश्रुग्याँस प्रहार र झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

ADVERTISEMENT