काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारभन्दा प्रतिपक्ष झन् बलियो रहेको दाबी गरेका छन्।

रास्वपाको नीति, संगठन तथा नेतृत्व कार्यशालामा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै लामिछानेले पार्टीलाई स्थानीय तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिए। उनले सरकारका काम र गतिविधिबारे जनतालाई जानकारी गराउन बस्ती–बस्तीमा पुग्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरे।

‘स्थानीय सरकारमा हामीले बलियो उपस्थिति बनाउन सकेनौँ भने धेरै कुरामा हामी पछि पर्छौं,’ लामिछानेले भने, ‘अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्ष झन् बलियो छ। बलियो प्रतिपक्षलाई राजनीतिक तवरले काम गर्न सकेनौँ भने त्यसले अर्कै ठाउँमा लिएर जान्छ।’

ADVERTISEMENT

सुशासनको मुद्दा उठाउँदै आएको रास्वपाले अनियमितताका विषयमा निरन्तर प्रश्न उठाइरहेको उल्लेख गर्दै उनले त्यसलाई मात्रै पर्याप्त नमान्न आग्रह गरे।

ADVERTISEMENT

लामिछानेले पार्टीका केन्द्रीय सदस्यहरूलाई विभिन्न जिम्मेवारी दिएर गाउँ–गाउँमा परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए। आफू पनि मधेश जाने बताउँदै उनले संगठन विस्तार र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिने संकेत गरे।

ADVERTISEMENT