झापा, सोमबार दमकमा आयोजित जेनजी प्रदर्शनमा प्रहरीले रबरको गोली प्रहार गरेको छ, जसका कारण एक जना घाइते भएका छन्।

घाइते हुने प्रकाश भट्टराई, कमल गाउँपालिका वडा नं. ५ का निवासी हुन, उनलाई  तिघ्रामा गोली लागेको बताइएको छ। उनलाई दमक अस्पतालमा उपचारका लागि लगिएको छ। 

ADVERTISEMENT

प्रहरीको गोली प्रहारपछि दमकको वातावरण तनावपूर्ण बनेको छ। प्रदर्शनकारीहरूले दमक नगरमा केही स्थानमा बाइकमा आगजनीसमेत गरेका छन्।

ADVERTISEMENT

दमक चोकबाट सुरु भएको प्रदर्शन नगरपालिकाको दिशामा अघि बढ्दा स्थिति तनावपूर्ण बनेको स्थानीय स्रोतहरूले जनाएका छन्।