काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूले राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन ध्यानाकर्षण प्रस्ताव दर्ता गरेका छन् ।

कांग्रेसको प्रस्तावमा एमाले, नेकपा र जसपा नेपालको समर्थनमा बुधबार मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।

ADVERTISEMENT

कांग्रेसको राष्ट्रियसभा संसदीय दलकी नेता कमला पन्तको प्रस्ताव र कांग्रेस सचेतक पदमबहादुर परियार, एमाले सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक मदनकुमारी शाह तथा जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले प्रस्तावको समर्थन गरेका छन् ।

ADVERTISEMENT

प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा सरकारको पूर्वतयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग स्पष्ट जवाफ मागिएको छ।

प्रस्तावमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना९२०८३’ ले यस वर्ष देशभर ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ नागरिक मनसुनजन्य विपद्‌बाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ।

साउन २०८२ देखि असार २०८३ सम्ममा करिब ७ हजार ५ सय विपद्का घटना भएको र ती घटनामा १४० जनाको मृत्यु भएको तथा करिब १९ सय जना घाइते, ३६ जना अझै बेपत्ता र१४ हजार परिवार प्रभावित भएको भनिएको छ । विगत एक दशकमा बाढी, पहिरो, भारी वर्षा र चट्याङका कारण ३ हजार ७४ जनाले ज्यान गुमाएको र ५०२ जना बेपत्ता भएको प्रस्तावमा छ।

यस्तै, चार हजार ७६९ जना घाइते भएको र ३३ हजार १९८ परिवार प्रभावित भएको तथ्यांक पनि प्रस्तुत गरिएको छ। साउन २०८२ देखि असार २०८३ सम्ममा करिब ७ हजार ५ सय विपद्का घटना भएको र ती घटनामा १४० जनाको मृत्यु भएको तथा करिब १९ सय जना घाइते, ३६ जना अझै बेपत्ता र१४ हजार परिवार प्रभावित भएको भनिएको छ।

यस्ता छन् ध्यानाकर्षणका ६ बुँदा

१. मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को हालसम्मको कार्यान्वयन अवस्था, जोखिमयुक्त जिल्ला तथा बस्तीको प्राथमिकिकरण र त्यसको विवरण, उद्धार जनशक्ति र उपकरणको उपलब्धता र तयारी कस्तो अवस्थामा रहेको छ

२. स्थानीय तह, प्रदेश र संघ तीनवटै तहबीचको समन्वय एवं कमाण्ड संरचना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व रिक्तताको समाधान र प्रभावकारी व्यवस्थापनका सम्बन्धमा सरकारले के कस्ता उपयाहरू अवलम्बन गरेको छ

३.जल तथा मौसम विज्ञान विभाग र नेपाल टेलिकमबिच जोखिमयुक्त क्षेत्रमा रहेका सेवाग्राहीलाई ११५५ सर्टकोडमार्फत बाढी, पहिरो, चट्याङ, हावाहुरीलगायत विपद्को निःशुल्क एसएमएस पूर्वसूचना पठाउने व्यवस्था गरिएको भए तापनि उक्त प्रणालीको कार्यान्वयन, पहुँचयुत्तता, स्थानगत उपलब्धता, समयबद्धता र प्रभावकारिता कस्तो रहेको छ र यसको समाधानका लागि सरकारले हालसम्म के कस्ता कामहरू गरेको छ

४. विपद्का बेलामा समयमा नै उद्धार कार्यमा सहयोग पुर्‍याउनका लागि तयारी अवस्थामा रहनुपर्ने विभिन्न संयन्त्र, उद्धार कार्यदल तथा सुरक्षा निकाय र समुदायस्तरका उद्धारकर्मीहरूलाइ अत्यावश्यक उद्धार सामग्रीहरू तयारी अवश्थामा छन वा छैनन्रु उद्धारका लागि तत्काल चाहिने आवश्यक बजेट तथा राहत कोषको अवश्था के कस्तो रहेको छ

५. मोबाइल सञ्जाल कमजोर भएका दुर्गम क्षेत्र, फोन नभएका नागरिक, मातृ र स्थानीय भाषा मात्र प्रयोग गर्ने समुदाय, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिसम्म समयमा नै पहुँचयुक्त ढाँचामा सूचना पुर्‍याउन सरकारले कस्ता वैकल्पिक व्यवस्था र संयन्त्रहरूको प्रबन्ध गरेको छ

६. विपद्‌पश्चात् उद्धार, राहत तथा पुनःस्थापनाको तयारी, जोखिम र संवेदनशील क्षेत्र र समुदायको तत्काल सुरक्षाका लागि आवश्यक पूर्वतयारी र समन्वय