काठमाडौं । काठमाडौं प्रशासनले आइतबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म राजधानीको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। आदेशअनुसार तोकिएका क्षेत्रमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

कर्फ्यूले प्रभावित क्षेत्रहरू यसप्रकार छन् :
– बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
– बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
– बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, र
– बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म।

ADVERTISEMENT

प्रशासनले तोकिएको समयसम्म कुनै पनि भेला, जुलुस वा गतिविधिमा संलग्न हुन नपाइने भन्दै सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

ADVERTISEMENT