जनकपुरधाम । प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण मधेश प्रदेशसभाको बैठक आज सुरु भएको केही समयमै स्थगित गरिएको छ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले जनता समाजवादी पार्टी (जसपा) का सांसद राम अशिष यादवलाई बोल्ने समय दिएका थिए। यादवले प्रदेश सरकारले प्रतिपक्षको अनुपस्थितिमा संसद छलेर बजेट ल्याएको आरोप लगाउँदै अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गरे।

ADVERTISEMENT

उनले सरकारको प्रस्तुत बजेटबारे कार्यदलको अध्ययनले प्रारम्भिक ‘रेडबुक’ ४६१ पृष्ठको रहे पनि अन्ततः प्रतिपक्षबिनै ३०५ पृष्ठको बजेट पारित गरिएको प्रमाणित भएको बताए। “अर्थमन्त्रीले राजीनामा नदिएसम्म प्रतिपक्षले प्रदेशसभा अवरुद्ध गर्नेछ,” यादवले चेतावनी दिए।

ADVERTISEMENT

प्रतिपक्षी दलको लगातारको अवरोधपछि सभामुख मण्डलले प्रदेशसभाको अर्को बैठक आगामी भदौ १४ गते शुक्रबार दिउँसो १ बजे बस्ने घोषणा गरे।

आजको बैठक अवरुद्ध गर्ने दलहरूमध्ये जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

ADVERTISEMENT