काठमाडौँ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको रोहिणी र ओमसतिया गाउँपालिकामा निर्माण गर्न लागिएको इन्धन भण्डारण गृहको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको छ ।
काठमाडौँ विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभागले तयार गरेको डिपिआर बुधबार आयोजित कार्यक्रममा नेपाल आयल निगमलाई हस्तान्तरण गरियो ।
रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा साढे २५ विघा क्षेत्रफलमा नयाँ अत्याधुुनिक प्रविधि सहितको नयाँ भण्डारण गृह निर्माण हुुन लागेको हो ।
सो डिपो निर्माणका लागि कर बाहेक पाँच अर्ब ७९ करोड ३० लाख ६४ हजार रुपियाँ लागत लाग्ने अनुुमान गरिएको छ ।
आगामी मंसिर देखि डिपो निर्माण कार्य सुरु गरेर तिन वर्षभित्रमा सक्ने निगमले लक्ष्य राखेको छ । हाल भलबारीमा रहेको डिपो साघुुरो,घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुुगेकाले नयाँ डिपो निर्माण गर्न लागिएको निगमले जनाएको छ ।
आयल निगम भण्डारण क्षमता अभिबृद्धि परियोजना प्रमुुख ई. प्रदीव कुमार यादवले प्रत्येक प्रदेशमा एक महिनालाई इन्धन भण्डारण गृह निर्माण गर्ने सरकारको नीति अनुसार लुुम्बिनी प्रदेशमा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको जानकारी दिए ।
अन्तराष्ट्रिय मापदण्ड अनुरुपको अत्याधुुनिक प्रविधि सहितको डिपो निर्माण गरिएको बताउँदै उनले आगामी मंसिर महिनामा निर्माण कार्य सुुरु गरी तिन वर्षभित्रमा सकिने गरी काम आगडि बढाइने जानकारी दिए ।
नयाँ ठाउँमा चार हजार पाँच सय किलोलिटर क्षमताका तिन वटा भर्टिकल ट्यांक गरी १३ हजार पाँच सय किलोलिटर क्षमताको डिजेलको भण्डारण गृह निर्माण हुने छ ।
यस्तै दुुई हजार एक सय किलोलिटर क्षमताको दुुई वटा भर्टिकल ट्यांक गरी चार हजार ९६० किलोलिटर क्षमताको पेट्रोल भण्डारण गृह निर्माण हुने छ । यस्तै ७६ किलोलिटर क्षमतको ३ वटा ट्यांक गरी २२८ सय किलोलिटर क्षमताको मट्टितेलको भण्डारण गृह निर्माण गरिने छ ।
डिपो भित्र अग्नी सुरक्षा प्रणालीका लागि दुई हजार एक सय किलोलिटर क्षमताको दुुई वटा पानी ट्याङकी निर्माणहुने छ । यस्तै इन्धन सेडमा ८ वटा ‘वे’ र अनलोडिङ् सेडमा पनि ८ वटा ‘वे’ निर्माण हुने छ ।
काठमाडौँ, विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागका प्रमुुख डा विवेक बरालले पेट्रोलियम पुर्वाधार डिजाइन र निर्माण गर्न नेपाली इन्जिनियर सक्षम भएको बताए ।
पेट्रोलियम विज्ञ एंव निगमका पुर्व निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले हाल सञ्चालनमा रहेको भलबारी डिपोमा भण्डारण क्षमता विस्तार गर्ने अवस्था नरेकाले नयाँ ठाउँमा डिपो स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।
उनले भने‘‘भलबारीमा दुुई÷तिन दिनको लागि माग धान्ने भण्डारण छ, अहिले अमलेखगन्जबाट भैरहवामा इन्धन ढुवानी हुुँदै आएको छ,केही कारणले राजमार्ग अवरुद्ध भएको अवस्थामा लुुम्बिी प्रदेशमा इन्धन आपूूर्ति श्रृङखलामा प्रभाव पर्न सक्छ ।’’
लुुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि निगमले रुपन्देहीको भलबारीमा प्रादेशिक कार्यलय सञ्चालन गरिरहेको छ । साढे पाँच विघा जमिनमा रहेको डिपोमा न्यूूुन भण्डारण क्षमता भएकाले पनि नयाँ डिपो निर्माण गर्न लागिएको निगमले जनाएको छ । हाल सोे डिपोमा पेट्रोलको लागि ५९९ किलोलिटर, डिजेलका लागि तीन हजार ४० किलोलिटर र मट्टितेलका लागि २८० किलोलिटर क्षमताको भण्डारण गृह रहेको छ ।
इन्धनको खपत बढ्दै गएकाले भण्डारण क्षमता न्यूुन भएकाले नयाँ स्थानमा भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । नयाँ भण्डारण गृह निर्माण हुन लागेको ठाउँमा जग्गा सम्माउने, नदि किनारमा ग्यावियन जाली, रिटेनिङगवाल लगाउने काम सकिएको निगमले जनाएको छ ।
निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपकालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माणका लागि डिपिआर तयार गर्न गत मंसिरमा काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको थियो ।





