काठमाडौं । रास्वपा र राप्रपा सांसदले बुधबारको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेका छन् । बैठकको सुरुमा आफ्नो कुरा राखेर दुवै दलका सांसद बाहिरिएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग राख्दै रास्वपाले गत जेठ १३ गतेदेखि संसद बैठक बहिष्कार गर्दै आएको छ । असारदेखि राप्रपा पनि रास्वपाको बहिष्कार कार्यक्रममा सहभागी भएको छ ।

बैठकको सुरुमै आकस्मित समय लिएर राप्रपा सांसद दीपकबहादुर सिंहले धारणा राखेका थिए ।