काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । साउन १५ को अवसरमा शुभकामना दिँदै उनले यस्तो कामना गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ।

ADVERTISEMENT

ओली थप लेख्छन् जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५ सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् ।

 

ADVERTISEMENT