काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले सोमबार काठमाडौंको कमलपोखरीमा पुगेर छठ पर्वको पूजा अर्चना गरेकी छन्। साझमा पूजास्थलमा उपस्थित भएकी उनले सूर्यदेवको आराधना गर्दै देशमा शान्ति, समृद्धि र सद्भावको कामना गरेकी थिइन्। प्रधानमन्त्रीको आगमनसँगै कमलपोखरीमा छठ मनाउन आएका भक्तजनमा उत्साह थपिएको थियो। पूजा कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय अधिकारी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। हिन्दू धर्मावलम्बीहरूले सूर्यदेवको उपासना गरी आरोग्य र समृद्धिको कामना गर्ने यो पर्व देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ।


प्रधानमन्त्री कार्कीले छठ पूजा गर्दै देशको समृद्धिको कामना






