काठमाडौँं । नेपाल राष्ट्र बैंकले चालुु आर्थिक वर्ष २०८२/८३ को लागि जारी गरिएको मौद्रिक नीति र दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था (बाफिया) सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू(सिइओ)सँग छलफल गरेको छ।
मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्नुभएको हो । छलफलमा डेपुटी गर्भनरसँगै विभिन्न बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।





