काठमाडौँ । चालुु आर्थिक वर्ष २०८१÷८२को एघार महिनामा एघार अर्ब प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालुु आवको साउनदेखि जेठ महिना सम्म ११ अर्ब ९ करोड विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा आठ अर्ब २४ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको तुुलनामा यो वर्ष तीन अर्ब १३ करोड रुपियाँ बढी लगानी भित्रिएको हो ।
सरकारले वैदेशिक लगानी भित्राउनका लागि नीतिगत सुधारगरेसँगै नेपालमा भित्रिने वैदेशिक लगानी बढेको उद्योग विभागले जनाएको छ । सरकारले वैदेशिक लगानी भित्राउनका लागि अध्यादेशमार्फत कानून ल्याएको थियो ।
उद्योग विभागका सुुचना अधिकारी अर्जुनसेन ओलीले नीतिगत सुधारले नेपालमा भित्रिने वैदेशिक लगानीमा सुधार आएको जानकारी दिनुुभयो । सवै भन्दा धेरै विदेशी लगानी सेवा र पर्यटन क्षेत्रमा भित्रिने गरेको उहाँको भनाई छ ।
सेवा क्षेत्रमा लगानीकर्ता आकर्षित हुुँदा यसमा धेरै लगानी भित्रिने गरेको छ । विभागका अनुसार एघार महिनामा ७१७ परियोजनामार्फत ६० अर्ब ६० करोड ९३ लाख ४३ हजार रुपियाँ लगानी प्रतिवद्धता आएको छ । लगानी प्रतिवद्धता धेरै भएपनि सो अनुुपातमा न्यूून लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ ।
यस्तै एघार महिनामा खुुद पुँजीगत ट्रान्सफर आठ अर्ब ९६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुुँजीगत ट्रान्सफर पाँच अर्ब ४६ करोड रहेको थियो ।






