काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरी जानकारी लिएका छन् ।

मंगलबार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले बाँकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिए ।

सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङ मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिए ।