काठमाडौँ । भाद्र २३ र २४ गते देशव्यापी रुपमा नयाँ पुस्ता अर्थात् जेनजी आन्दोलन भयो । केपी शर्मा ओली नेतृत्वको सरकार दुई दिनमै ढाल्न पुग्यो र यही आन्दोलनको क्रममा करिब ७६ जना भन्दा बढीले आफ्नो ज्यान गुमाउन पर्यो ।


आन्दोलनका क्रममा देशको महत्वपूर्ण संरचना तोडफोड सँगै आगजनी गरियो र देशकै नै राज्य विहिन जस्तै भयो । सो आन्दोलनले काठमाडौँका धेरै स्थानहरूको स्वरूप परिवर्तन गरिदिएको छ ।
आन्दोलनको प्रभावले शहरका सडक, भवन र सार्वजनिक स्थलहरू मात्र होइन, भित्ताहरू र पर्खालहरूमा समेत नयाँ सन्देश सहित राजनीतिक दलका नेताहरुप्रति आक्रोश पोखिएको देखिन्छ ।
आन्दोलनपछि काठमाडौँका मुख्य सडक पेटीहरू, सरकारी भवनहरूको बाहिरी पर्खालदेखि लिएर विभिन्न सार्वजनिक स्थानका भित्तासम्ममा आन्दोलनका नारा, भित्तेचित्र र सन्देशहरूले स्थान ओगटेका देखिन्छ ।


कतिपय ठाउँमा राजनीतिक नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्ने शब्दहरू देखिन्छन्, भने कतै आन्दोलनका सहिदप्रति सम्मान व्यक्त गर्दै नयाँ नेपाल निर्माणको सन्देशसमेत चित्रित गरिएको छ।

ADVERTISEMENT


आन्दोलनका ती दिनहरूमा लेखिएका केही अश्लील नाराहरू अझै पनि मेटिएका छैनन्। तर, सडक विभाग र रत्नपार्क आसपासका भित्ताहरूमा अहिले सहिदप्रतिको श्रद्धा र परिवर्तनको आकांक्षा झल्काउने नयाँ चित्रहरू देख्न सकिन्छ।

ADVERTISEMENT