काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न आग्रह गर्नु भएको छ ।नेपाल युवा उद्यमी मञ्चको शुक्रबार राजधानीमा सम्पन्न २१ औं वार्षिक साधारणभामा बोल्दै अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना रहेकोले यी सम्भावनाहरुलाई उजागर गर्दै स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न युवाहरुलाई सुझाव दिनु भयो ।
“नेपालमा धेरै अवसरहरु छन । नेपालमा नै बसेर धेरै गर्न सकिन्छ । रोजगारी सिर्जना गर्न सकिन्छ । म युवाहरुलाई स्वदेशमा नै अवसर सिर्जना गर्न आग्रह गर्दछु । ” उहाँले भन्नु भयो । देशको आर्थिक विकासमा युवाहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले देशमा उद्यमशीलताको विकास गर्न स्वदेशी पूँजी परिचालन गर्न सकिने बताउनु भयो ।
स्वदेशमा काम गर्न चाहनेहरुको लागि पूँजी अभाव नहोस भनेर महासंघको अगुवाईमा १० अर्ब रुपैयाको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले युवाहरुका नवप्रर्वतनमा सहयोग गर्न सकिने धारणा राख्नु भयो ।
“ विकासका लागि देशभित्रकै पूँजी परिचालन आवश्यक छ ।
उहाँले भन्नुभयो , कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका क्षेत्रमा नेपालमै अपार सम्भावना छन् । आवश्यकता केवल सही नीतिगत सहजीकरण र युवाहरुको इनोभेसनलाई प्रोत्साहन गर्ने हो । ”
महासंघले देशको आर्थिक समृद्धिको लागि सरकारसंग नीतिगत बहस पैरवी गरेको र फलस्वरुप ३० भदा बढि कानूनहरु संशोधन भएको भन्दै लगानीको वातावरण बन्दै गईरहेको बताउनु भयो ।
उहाँले युवाहरुलाई उद्यमशीलता र नवप्रवर्तन आकर्षित गर्ने महासंघ सधैं तयार रहको बताउँदै महासंघको हालै शंसोधित विधानले ९एनवाईईएफ० लाई महासंघको पदेन केन्द्रीय सदस्य बन्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।
नेपाल युवा उद्यमी मञ्चको २१ औं वार्षिक साधारणभाले युवा उद्यमी सुदीप घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह






