काठमाडौं, बेलायत सरकारले १६ र १७ वर्षका किशोरकिशोरीलाई मतदान अधिकार दिने ऐतिहासिक निर्णय गरेको छ, जसले सन् २०२९ को आम निर्वाचनमा करिब १६ लाख युवालाई मतदाता बनाउनेछ। यो कदमले सामाजिक सञ्जाललाई बेलायती राजनीतिमा शक्तिशाली हतियार बनाउने सम्भावना छ, किनकि यो समूहका युवा पुस्ता टिकटक, फेसबुक,  र अन्य डिजिटल प्लेटफर्ममा सक्रिय छ।

ओफकमको २०२४ को तथ्यांकअनुसार, १६–२४ वर्षका ८८% युवा जमातहरू  अनलाइन प्लेटफर्मबाट प्राप्त हुने समाचारमा निर्भर छन्, जसमध्ये १२–१५ वर्षका १२% ले टिकटकलाई मुख्य समाचार स्रोत मान्छन्। सिटी युनिभर्सिटी लन्डनका प्राध्यापक स्टिभन बकलेले भने, “सामाजिक सञ्जालमा युवाहरूलाई आकर्षित गर्न दलहरूले वास्तविक र प्रभावकारी सन्देश दिनुपर्छ। नक्कली वा बनावटी सामग्रीले उनीहरूलाई ‘क्रिन्ज’ ठानिन्छ।” नाइजेल फराजको रिफर्म यूकेले टिकटकमा लेबर पार्टीभन्दा छ गुणा बढी फलोअर बनाएर सामाजिक सञ्जालमा आफ्नो बलियो  उपस्थिति र प्रभाव  देखाइसकेको छ।

यो परिवर्तनले स्कटल्याण्ड र वेल्समा १६ वर्षका मतदातालाई स्थानीय निर्वाचनमा मतदान गर्ने प्रणालीलाई बेलायतभर विस्तार गर्नेछ। तर, सामाजिक सञ्जालमा गलत सूचनाको जोखिम चिन्ताको विषय बनेको छ। १७ वर्षीया मटिल्डाले भनिन्, “टिकटकमा गलत सूचनाले हामीलाई भ्रममा पार्न सक्छ, र अभिभावकको प्रभावले पनि मतदानमा हाम्रो रोजाईलाई असर गर्न सक्छ।” यस्ता चुनौतीलाई सम्बोधन गर्न राजनीतिक दलहरूले डिजिटल रणनीति बलियो बनाउनुपर्ने देखिन्छ।

ADVERTISEMENT

नयाँ निर्वाचन विधेयकले स्वचालित मतदाता दर्ता र चन्दा सम्बन्धि कडा नियमहरू समावेश गरेको छ, जसले विदेशी हस्तक्षेपलाई रोक्ने मद्दत मिल्नेछ । लेबर र नेशनल युनियन अफ स्टुडेन्ट्सले यो कदमलाई युवा सहभागिता वृद्धिको अवसर मानेका छन्। तर, मर्लिन स्ट्र्याटेजीको सर्वेक्षणले १६–१७ वर्षका ४९% ले मतदान उमेर घटाउन नहुने र केवल १८% ले आफु मतदानमा सहभागी हुने बताए।

ADVERTISEMENT

युवा मतदाताले लेबर, ग्रीन वा एसएनपीप्रति झुकाव देखाए पनि, कम मतदान दरले यो प्रभाव सीमित हुन सक्छ। रिफर्म यूकेले सामाजिक सञ्जालको बलमा अप्रत्याशित समर्थन पाउन सक्ने विश्लेषण छ। यो सुधारले बेलायतको राजनीतिलाई डिजिटल युगमा प्रवेश गराउँदैछ, जहाँ टिकटक र अन्य प्लेटफर्मले राजनीतिक बहसलाई नयाँ रूप दिनेछ।